काठमाडाैं । एनएलजी इन्स्योरेन्सले विभिन्न १७ वटा पब्लिक कम्पनीमा सेयर लगानी गरेको छ । एनएलजीले १७ पब्लिक कम्पनी र १४ वटा म्युचुअल फण्डमा २३ करोड १२ लाख रपैयाँ बढी लगानी गरेको छ ।
जसमध्ये ३ बैंकसहित ५ कम्पनीको संस्थापक सेयरमा लगानी रहेको छ । कम्पनीले नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा ११ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले समग्र सेयर बजारमा लगानी गरेकोमध्ये करिब ५० प्रतिशत लगानी नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयरमा लगानी गरेको हो ।
यसैगरी, ७ लाख २७ हजार रुपैयाँ ग्लोबल आईएमई बैंकको संस्थापक सेयरमा, ३ करोड ९५ लाख ३६ हजार रुपैयाँ सिटिजन्स बैंकमा, माछापुच्छ्रे क्यापिटलमा ५७ लाख ५० हजार र एनआईसी एशिया बैंकको संस्थापक सेयरमा १८ लाख ८० हजार रुपैयाँ रहेको छ ।
१४ म्युचुअल फण्डमा लगानी
कम्पनीले विभिन्न १४ वटा म्युचुअल फण्डमा लगानी गरेको छ । लक्ष्मी ईकुटी फण्डमा १ करोड ३८ लाख ९४ हजार, मेगा म्युचुअल फण्ड एकमा २५ लाख, नबिल ब्यालेन्स फण्ड तीनमा १ लाख ६६ हजार, सनराइज ब्लू चिप फण्ड एकमा २५ लाख, लक्ष्मी उन्नति कोषमा १५ लाख १३ हजार, एनआईसी एशिया डायनामिक फण्ड एकमा २५ लाख, कुमारी ईकुटी फण्ड एकमा २५ लाख र सानिमा लार्ज क्याप फण्डमा २५ लाख रुपैयाँ कम्पनीले लगानी गरेको छ ।
त्यसैगरी, एनआईबीएल समृद्धि फण्डमा २५ लाख, एनआईसी सेलेक्ट ३० फण्डमा ५० लाख, प्रभु सेलेक्ट फण्ड एकमा ७५ लाख, एनएमबी सरल बचत फण्डमा ९५ हजार, आरबीबी म्युचुअल फण्ड एकमा २५ लाख र आरबीबी म्यूचुअल फण्ड दुई मा ३० लाख रुपैयाँ लगानी रहेको छ ।
८ लघुवित्त सेयरमा पनि लगानी
कम्पनीले ८ वटा लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गरेको छ । फष्ट माइक्रो फाइनान्सको सेयरमा ६४ लाख ९ हजार, फरवार्ड माइक्रो फाइनान्स लघुवित्तको सेयरमा १८ लाख ७६ हजार, साना किसान लघुवित्तमा १३ लाख ६८ हजार, समिट लघुवित्तको सेयरमा १४ लाख ८१ हजार, विजय लघुवित्तमा १५ लाख १६ हजार, मिर्मिरे लघुवित्तमा १५ लाख ५६ हजार र इन्फिनिटि लघुवित्तको सेयरमा १७ लाख ७ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी, आरएसडीसी माइक्रो फाइनान्सको सेयरमा २४ लाख ७८ हजार रुपैयाँ लगानी गरेको छ ।
यसका साथै कम्पनीले हिमालयन डिस्टिलरीको सेयरमा ४१ हजार, अपि पावरको सेयरमा १० लाख २७ हजार र यूनाईटेड मोदी हाइड्रो पावरको सेयरमा २ हजार रुपैयाँ लगानी गरेको छ ।