मंगलबार २८ सयले घट्यो सुनको भाउ, तोलाको १,६८,२०० रुपैयाँ

<p>काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । तिहारअघिको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य तोलाको एक लाख ७१ हजार रुपैयाँ थियो । तिहारपछिको पहिलो कारोबार दिन आज २ हजार ८ सय रुपैयाँले मूल्य घटेको हाे । आज छापावाला सुन तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी [&hellip;]</p>

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ ह्वात्तै घटेको छ । तिहारअघिको अन्तिम कारोबार दिन छापावाला सुनको मूल्य तोलाको एक लाख ७१ हजार रुपैयाँ थियो । तिहारपछिको पहिलो कारोबार दिन आज २ हजार ८ सय रुपैयाँले मूल्य घटेको हाे ।

आज छापावाला सुन तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि चाँदीको मूल्य २ जहार ८० रुपैयाँ थियो ।

Share News