धनियाँ १०० रुपैयाँले घट्दा डल्लेच्याउ १३८ रुपैयाँले बढ्यो

<p>काठमाडाैं । हरियो धनियाँको भाउ शुक्रबार ह्वात्तै घटेको छ । आज हरियो धनियाँ प्रति केजी १०० रुपैयाँले घटेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । हिजो हरियो धनियाँ प्रतिकेजी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो । आज ५६.६० प्रतिशतले घटेर ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ । यसैगरी, हरियो लसुन [&hellip;]</p>

काठमाडाैं । हरियो धनियाँको भाउ शुक्रबार ह्वात्तै घटेको छ । आज हरियो धनियाँ प्रति केजी १०० रुपैयाँले घटेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

हिजो हरियो धनियाँ प्रतिकेजी १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको थियो । आज ५६.६० प्रतिशतले घटेर ७६ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ ।

यसैगरी, हरियो लसुन प्रतिकेजी २२.०६ प्रतिशतले घटर १७६ रुपैयाँ ६७ पैसामा कारोबार भएको छ । हिजो हरियो लसुनको मूल्य २२६.६७ रुपैयाँ थियो ।

यसैगरी, सानो गोलभेडा (लोकल) प्रतिकेजी १८.३३ रुपैयाँले घटेर आज ८१.६७ रुपैयाँमा कारोबार भइरहेको छ भने सानो गोलभेडा (टनेल) ४ रुपैयाँले घटेर ९६ रुप्रैयाँमा कारोबार भइरहेको छ । भारतीय गोलभेडाको मूल्य भने आज ६५ रुपैयाँ रहेको छ ।

सेतो मुला १० रुपैयाँले घटेर २५ रुपैयाँमा झरेको छ भने लाम्चे भान्टा ३५ रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ । टाटे सिमी ३० रुपैयाँले घटेर ५५ रुपैयाँमा कारोबार हुँदा हरियो फर्सी २० रुपैयाँले घटेर ४५ रुपैयाँ, रायो साग १० रुपैयाँले बढेर ५५ रुपैयाँ, चमसुरको साग ४५ रुपैयाँले घटेर १३० रुपैयाँ, मेथीको साग ४६ रुपैयाँले घटेर १३० रुपैयाँ डल्लेच्याउ १३८ रुपैयाँले बढेर ४२६.६७ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News