३ महिनामा लघु बीमा कम्पनीको व्यापार साढे ४० करोड, कुनको कति ?

<p>काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरूले साढे ४० करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।नेपालमा हाल सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरूले ३ महिनामा ४० करोड ६९ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये जीवन बीमातर्फ २२ करोड १३ लाख र निर्जीव बीमातर्फ १८ करोड ५६ लाख रुपैयाँको व्यापार भएको [&hellip;]</p>

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघु बीमा कम्पनीहरूले साढे ४० करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।नेपालमा हाल सञ्चालनमा रहेका ७ लघु बीमा कम्पनीहरूले ३ महिनामा ४० करोड ६९ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् ।

जसमध्ये जीवन बीमातर्फ २२ करोड १३ लाख र निर्जीव बीमातर्फ १८ करोड ५६ लाख रुपैयाँको व्यापार भएको छ ।

जीवनतर्फ सबैभन्दा धेरै व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ अगाडि रहेको छ । गार्डियनले ८ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकल गर्दा क्रेष्ट माइक्रोले ७ करोड ९७ लाख र लिबर्टी माइक्रोले ५ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क संकल गरेको छ ।

निर्जीवनतर्फ सबैभन्दा धेरै व्यापार नेपाल माइक्रोले गरेको छ । नेपाल माइक्रोले ५ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रोटेक्टिभ माइक्रोले ४ करोड ६१ लाख, स्टार माइक्रोले ४ करोड १८ लाख र ट्रस्ट माइक्रोले ४ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

Share News