दशैँका अवसरमा टाटाको ७५१ बढी गाडी नेपाली बजारमा डेलिभरी

<p>काठमाडौँ । दशैँका अवसरमा टाटाको ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी  दिएकाे छ । टाटाले यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको [&hellip;]</p>

काठमाडौँ । दशैँका अवसरमा टाटाको ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जानकारी  दिएकाे छ ।

टाटाले यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको थियो । यस्तै टाटा पन्च ईभीको यो दशैँमा ३७७ युनिट डेलिभरी भएको छ ।

यो दशैँमा टियागो ईभीको १५६, टाटाको टिगोर ईभीको १० र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । यस्तै एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएसँगै सिप्रदीले यो दशैँमा ७५१ टाटा कारहरू डेलिभर गरेको छ ।

Share News