२ बीमा कम्पनीबाट संस्थापक बाहिरिँदै, आईजीआई प्रुडेन्सियलका तीन जनाले बिक्रीमा राखे सेयर

<p>काठमाडाैँ । दुई निर्जीवन बीमा कम्पनीको ७ लाख १८ हजार ४५ कित्ता संस्थापक सेयर विक्रीमा राखिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर विक्रीमा राखिएको हाे । कम्पनीहरुले बिहिबार एक सूचना जारी गर्दै संस्थापक राखिएको उक्त सेयर विक्रीमा राखेको जानकारी दिएका हुन् । छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट ३ जना संस्थापक [&hellip;]</p>

काठमाडाैँ । दुई निर्जीवन बीमा कम्पनीको ७ लाख १८ हजार ४५ कित्ता संस्थापक सेयर विक्रीमा राखिएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र यूनाईटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर विक्रीमा राखिएको हाे । कम्पनीहरुले बिहिबार एक सूचना जारी गर्दै संस्थापक राखिएको उक्त सेयर विक्रीमा राखेको जानकारी दिएका हुन् । छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट ३ जना संस्थापक लगानीकता बाहिरिने भएका छन् । संस्थापक सेयरधनीहरु कुमार पौडेल, सुमन पोखरेल र अन्जन भण्डारीले सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् ।

उनीहरुले जम्मा ३ लाख ४४ हजार कित्ता सेयर विक्री गर्ने भएका हुन् । जसमध्ये पौडेलले २ लाख ५० हजार, पोखरलेले ८० हजार र भण्डारीले १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले ३५ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

यस्तै, यूनाईटेड अजोड इन्स्योरेन्सको ३ लाख ७४ हजार ४५ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । कम्पनीले आईजे ग्रुपको स्वामित्वमा रहेको उक्त सेयर विक्रीमा रहेको जनाएको छ ।

कम्पनीमा उक्त ग्रुपको १४ लाख ५० हजार २३७ कित्ता सेयर रहेको छ । तर, कम्पनीले ३ लाख ७४ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हाे । बिक्री गर्न लागिएको उक्त सेयरको मूल्य प्रति कित्ता न्यूनतम ३ सय रुपैयाँ तोकिएको छ ।

Share News