लिबर्टी माइक्रो लाइफले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

<p>काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० [&hellip;]</p>

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन गर्ने भएको छ ।

इन्स्योरेन्सले प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको साधारण सेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

सोमबार एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त सेयर प्रत्याभुति प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Share News