वाइडवडि किन्न १० लाख डलर बैना, पैसा हाइफ्लाई एयरलाइन्सको बैंक खातामा

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले दुइ थान ठूला (वाइड बडि) खरिद गर्न सम्बद्ध कम्पनीलाई बैना स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ । राष्ट्रिय ध्वजाािहक निगमले बुधबार राती हिमालयन बैंकको न्यूरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी ‘हाइफ्लाई एयरलाइन्स’ लाई उक्त रकम पठाएको हो । ‘हाइफ्लाई एयरलाइन्स’को स्वीट्जरल्यान्डमा रहेको बैंक [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले दुइ थान ठूला (वाइड बडि) खरिद गर्न सम्बद्ध कम्पनीलाई बैना स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ ।

राष्ट्रिय ध्वजाािहक निगमले बुधबार राती हिमालयन बैंकको न्यूरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी ‘हाइफ्लाई एयरलाइन्स’ लाई उक्त रकम पठाएको हो ।

‘हाइफ्लाई एयरलाइन्स’को स्वीट्जरल्यान्डमा रहेको बैंक खातामा निगमले पैसा पठाएको हो ।

नेपाल राष्ट् बैैकले डलर पठाउन अनुमति दिएपछि यो रकम बैनावापत पठाएको निगमको भनाइ छ ।

बैना रकम पठाएपछि २ वटा ठूलो जहाज आउने पक्का भएको छ । निगमले एउटा जहाजको ५ लाख डलरका दरले १० लाख बैना रकम पठाएकको हो । निगमले १० लाख अमेरिकडी डलर अर्थात १० करोड ७० लाख रुपैयाँ बैना पठाएको बताएको छ । नागरिक दैनिकबाट ।

Share News