“शिक्षाका लागि टेस्ट ड्राइभ” अभियानमा १० हजार जना सहभागी, २४ विद्यालयलार्इ ५० लाख सहयोग

<p>काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी ट्रेडिङ्गले टेस्ट ड्राइभ गर्न व्यक्तिहरुबाट संकलन गरिएको ५० लाख ३६ हजार रुपैयाँ विभिन्न २४ वटा स्कूललाई वितरण गरेको छ । सो [&hellip;]</p>

काठमाडौं । भारतको प्रसिद्ध अटोमोबाइल कम्पनी टाटा मोटर्स् र नेपालमा यस कम्पनीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा “शिक्षाका लागि टेस्ट ड्राइभ” नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियान अन्तर्गत सिप्रदी ट्रेडिङ्गले टेस्ट ड्राइभ गर्न व्यक्तिहरुबाट संकलन गरिएको ५० लाख ३६ हजार रुपैयाँ विभिन्न २४ वटा स्कूललाई वितरण गरेको छ । सो रकम सम्बन्धीत विद्यालयले विपन्न विद्यार्थीहरुका लागि छात्रावृत्तिमा खर्च गरिने भएको छ ।

सिप्रदीका अनुसार यस अभियानमा १० हजार ७२ जना सहभागि भएका थिए । टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुमा टेस्ट ड्राइभ गरेबाफत प्रतिव्यक्ति ५०० रुपैयाँ संकलन गरिएको थियो । कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभको लागि राखेको थियो ।

‘‘शिक्षाका लागि टेस्ट ड्राइभ” अभियान कार्यक्रम समापन गर्दै कम्पनीले स्कूलहरुलाई रकम हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम विद्यालयहरुले आवश्यक परेका बालबालिकाहरुको शिक्षाका लागि प्रयोग गर्नेछन् । उक्त समापन कार्यक्रममा माननीय शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक र मायाकाे चिनाे हस्तान्तरण गरेका थिए । विद्यालयहरुले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि प्रयोग गर्ने योजना समेत बनाइसकेको कुरा जानकारी गराएका छन् ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्व एवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने कुरा बताए ।साथै उनले नेपालमा यस्तो विशेष अभियान संचालन गरेकोमा टाटा मोटर्स, स्कूल, विद्यार्थी, अभिभावकहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।

यसैक्रममा टाटा मोटर्स्, पि.भि.आई.बि. नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको जनाउँद यस्तो अवस्थामा उनीहरुले एक जिम्मेवार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्नका निमित्त उक्त टेस्ट ड्राइभ अभियान संचालन गरेको बताए ।

सेप्टेम्बर १०, २०१६ बाट धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । ५ महिना अवधिसम्म चलेको उक्त अभियानमा सहभागी भएर टेस्ट ड्राइभ गर्ने अभिभावकहरुले टाटा र सिप्रदीको  सामाजिक उत्तरदायित्वको यस विशेष पहलबारे खुलेर प्रशंसा गरेको कम्पनीले जनाएको छ ।

Share News