रिलायबल डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद रद्द गरिँदै

<p>काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा यसअघि गरेको निर्णय अगामी साधारणसभाबाट रद्द गर्ने तयारी गरेको छ । गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज गर्ने र ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने निर्णय गर्ने प्रस्तावसहित [&hellip;]</p>

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा यसअघि गरेको निर्णय अगामी साधारणसभाबाट रद्द गर्ने तयारी गरेको छ । गत असार १७ गतेको १० औं बार्षिक साधारण सभाबाट शतप्रतिशत (एक बराबर एकको अनुपातमा) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय खारेज गर्ने र ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने निर्णय गर्ने प्रस्तावसहित रिलायबल डेभलपमेन्ट बैंकले चैत २ गतेको लागि साधारणसभा बोलाउने भएको छ ।

यसअघि रिलायबलले ग्लोबल आइएमई बैंकसँग एक्वायर प्रक्रियामा जाने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । तर रिलायबलका केही सेयरधनीले साधारणसभाको निर्णय कार्यान्वयन नभई मर्ज तथा एक्वायरमा जानु गल्ती हुने भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी गरेको थिए ।

बोर्डले पूर्व घोषित हकप्रद सेयर निष्काशन नगरि एक्वायर प्रक्रियामा जाँदा लगानी कर्तामाथि अन्याय हुने भन्दै हकप्रद सेयर निष्काशन गरेर मात्रै अक्वायरमा जान निर्देशन दिएको थियो ।

बोर्डको सो निर्देशनपछि रिलायबल र ग्लोबल आईएमईबीचको सम्झौता कार्यान्वन हुन सकेको थिए । रिलायवलसँगको सम्झौतापछि ग्लोबल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकसँग एक्वायर गर्ने सहमति गरेकोमा सबै प्रक्रिया पुरा गरी फागुन १ गते आइतबारदेखि एकिकृत कारोबार गरिसकेको छ ।

उक्त एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रिया ढिला भएको तर प्रयास जारी रहेको बताए । ‘रिलायबल डेभलपमेन्ट बैंकले सम्बन्धीत नियामक निकायको सहमति पाएपछि पुरानो सम्झौता अनुसार एक्वायर प्रक्रिया अगाडि बढ्न सक्छ’ अध्यक्ष ढकालले भने ।

स्रोतका अनुसार रिलायबलले १ बराबर १ हकप्रद सेयर निष्काशन गर्दा अक्वायर सम्बन्धी सहमतिभन्दा फरक स्थिति बन्ने जनाउँदै त्यो अवस्थामा एक्वायर नगर्ने संकेत दिएको छ ।

८१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस डेभलपमेन्ट बैंकलाई आगामी असार मसान्तसम्ममा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन सजिलो छैन । बैंकका प्रवद्र्धकहरु वाणिज्य बैंकमा एक्वायरमा जान तयार भए पनि साधारण सेयरधनी हकप्रद सेयर जारी गर्नु पर्ने माग गर्दै नियामक निकायमा गएका थिए । जतिबेला कम्पनीको सेयर प्रतिकत्ता ५८३ रुपैयाँ सम्म पगेको थियो ।

एक्वायर प्रक्रियामा गएपछि गत असोज १२ यता यस बैंकको सेयर कारोबार भएको छैन । यस बीचमा नेप्से ३२ प्रतिशतले घटेकोले साधारण सेयरधनीमा पनि हकप्रद सेयरको रुची कम भएको बैंक उच्च स्रोतले बतायो । ‘पहिला हकप्रद सेयरको पक्षमा रहको सेयरधनी अहिले मर्ज तथा अक्वायरमा जान सुझाव दिदै आउनु भएको छ’ बैंक व्यवस्थापन समूहका एक पदाधिकारीले भने ।

यसअघि साधारणसभाले गरेको निर्णय अर्को साधारणसभाले सच्याउन सक्ने कानुनी बाटोलाई समातेर चैतमा साधारणसभा गर्न लागिएको छ । नेप्सेमा सूचिकृत पब्लिक कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय साधारणसभाबाट गरेर त्यसलाई अर्को साधारणसभाले उल्ट्याउन लागिएको यो सम्भवत पहिलो घट्ना हो ।

Share News