काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल नेपाल वायुसेवा निगमसँग डलर अपचन नहुने ग्यारेन्टी मागेकाे छ । निगमले खरिद गर्न लागेको लामो दूरीको उडान क्षमता भएको जहाज (वाइडबडि) जहाजका लागि वैना रकम पठाउन १० लाख अमेरिकी डलर सटही गरिदन अनुमति मागपछि राष्ट्र बैंकले भुक्तानी गरिने बैना नडुब्ने र डलर अपचलन नहुने सुनिश्चितता खाेजेकाे हाे ।
वायुसेवा निगमले माग गरेअनुसार राष्ट्र बैंकले डलर सटही गरिदिन तयार रहेकाे तर उसले अावश्यक डकुमेन्ट बुझाउन बाँकी रहेकाे राष्ट्र बैंक स्राेतले बतायाे । ‘पर्यटन मन्त्रालयकाे पत्र पनि अाएकाे छ, निगम सञ्चालक समितिकाे निर्णाय पनि अाएकाे छ । तर जहाज बिक्री गर्ने कम्पनीले बैंक ग्यारेन्टी दिएकाे छैन । बैना नढुब्ने ग्यारेन्टी खाेजेका छाैं’ राष्ट्र बैंकका उच्च अधिकारीले विकासन्युजसँग भने ।
निगमले तीन साता अगाडि नै बोर्ड बैठकबाट बैना रकम पठाउने निर्णय गरेको भएपनि नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्रा सटहीको अनुमति पर्खिरहेको छ । २ वटा दुई सय ८० सिट क्षमताको वाइडवडि जहाज किन्न निगमले १० करोड रुपैयाँ बैना रकम अमेरिकी जहाज कम्पनी एएआर करर्पाेरेसनलाई पठाउने तयारी गर्दै छ ।
निगमका कर्पोरेट निर्देशक रविन्द्र श्रेष्ठका अनुसार ‘नेपाल राष्ट्र बैंकबाट डलर सटहिको अनुमति अाएपछि बैना रकम पठाउँने जानकारी पनि श्रेष्ठले विकासन्यूजलाई दिए । निगमले अमेरिकी जहाज विक्रेता कम्पनी एएआर कर्पोरेशनलाई दुईवटा जहाजका लागि १० करोड रुपैयाँ बैना रकम पठाउने तयारी गरेको छ । निगमका अनुसार एउटा जहाजलाई पाँच लाख बैना रकम दिँदा पनि कम्तिमा ५ करोड ४५ लाख रुपैयाँ प्रति जहाजको पठाउने तयारी भएको छ ।
निगमका अनुसार जहाज बेच्ने कम्पनीले २० करोड रुपैयाँ बैना रकम मागेको भएपनि तत्कालका १० करोड रुपैयाँ मात्रै पठाउने भएको छ । निगमले कर्मचारी संचय कोषबाट २५ अर्ब रुपैयाँ ऋण लिएर जहाज खरिद गर्ने भएको छ । निममलाई एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडि दिने भएको छ । निमगले कम्पनीले प्रति वाइडविड ११ अर्ब ३५ करोड रुपैयाँमा जहाज किन्ने भएको छ ।