दीपालको ब्रान्ड एम्बेस्डरमा पूर्वकप्तान पारश खड्का

<p>&nbsp; काठमाडौं । विद्युतीय गाडी दीपालकाे ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित  खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हाे । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दीपाल इभीको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएकाे हाे । खड्काले दीपाल [&hellip;]</p>

 

काठमाडौं । विद्युतीय गाडी दीपालकाे ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् ।

चांगान नेपालले नेपाली क्रिकेटका परिचित  खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हाे । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दीपाल इभीको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएकाे हाे ।

खड्काले दीपाल परिवारमा जाेडिन पाउँदा खुसी लागेकाे बताए । साथै उनले आफू अहिले पनि दीपाल गाडी नै चढिरहेको बताए ।

‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’

त्यसैगरी, पारसलाई दीपाल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।

केही महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ ।

Share News