डिलर नेटवर्क बिस्तार गर्दै जीडब्ल्यूएम

<p>काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो डिलर नेटवर्कलाई तीव्र गतिमा बिस्तार गरिरहेकाे छ । जीडब्लुएम नेपालले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । यसका साथै यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर र बिर्तामोडमा पनि डिलरशिप बिस्तार [&hellip;]</p>

काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो डिलर नेटवर्कलाई तीव्र गतिमा बिस्तार गरिरहेकाे छ ।

जीडब्लुएम नेपालले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ ।

आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ ।

यसका साथै यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर र बिर्तामोडमा पनि डिलरशिप बिस्तार गर्ने योजना बनाएको छ ।

ब्रान्डको लोकप्रिय गाडीहरू हवाल एच ६ एसयूभी, हवाल जाेलिसन एसयूभी, पीओइआर डबल क्याब पिकअप, विङ्गल ५ पिकअप, र रेट्रो-आधुनिक ओरा ०३ इलेक्ट्रिक क्रसओभर डिलरहरूमा उपलब्ध हुनेछन् ।

यसैगरी, जीडब्ल्यूएमले पोखरामा पनि नयाँ डिलरशिप खोल्ने योजना बनाएको छ । यो वर्षको अन्त्यसम्म अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरशिपहरू थपिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले भविष्यमा नेपालमा ट्याङ्क ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना पनि बनाएको छ ।

जीडब्ल्यूएमले लगातार ६ वर्षसम्म वार्षिक रूपमा १ मिलियनभन्दा बढी गाडीहरू बिक्री गरेको छ ।

Share News