व्याजदर १२ प्रतिशत, मुद्रास्फीति ३.४ प्रतिशत; व्यवसायी भन्छन् -उद्योग बन्द गरेर बैंकमा पैसा राख्न मन लाग्यो

<p>काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा मुद्रास्फीति ३ दशमलव ४ प्रतिशतमा झरेको छ । यो सरकारको लक्ष्य भन्दा आधा कम हो । चालु आर्थिक वर्ष २०७३/७४मा मुद्रास्फीति ७ दशमलव ५ प्रतिशत राख्ने नेपाल राष्ट्र बैंकको लक्ष्य छ । ग्लोवल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्ति पछिको एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपाल [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा मुद्रास्फीति ३ दशमलव ४ प्रतिशतमा झरेको छ । यो सरकारको लक्ष्य भन्दा आधा कम हो । चालु आर्थिक वर्ष २०७३/७४मा मुद्रास्फीति ७ दशमलव ५ प्रतिशत राख्ने नेपाल राष्ट्र बैंकको लक्ष्य छ ।

ग्लोवल आईएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक प्राप्ति पछिको एकिकृत कारोबारको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भने–‘मंसिरमा मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत थियो, पुस मसान्तमा ३.४ प्रतिशतमा झरेको छ ।
बैंक तथा वित्तीय संस्थाले मुद्दती खाताको १२ देखि १४ प्रतिशतका दरले व्याज दिईरहेको समयमा मुद्रास्फीति ३ दशमलव ४ प्रतिशतमा झरेको छ । मुद्रा स्फीतिदर भन्दा बैंकले निक्षेपकर्तालाई दिने व्याजदर ८ प्रतिशतभन्दा माथि गएको छ । वर्तमान पुस्तामा निक्षेपकर्ताको लागि यो समय संभवत सबैभन्दा लाभदायक हुनसक्छ ।

 

प्रेमपत्र आएजस्तो हरेक साता व्याजदर बढाएको पत्र बैंकबाट आउन थालेको छ। मुद्दती व्याजको दरले हामी उद्योगी व्यवसायीलाई पनि लोभ्याएको छ । उद्योग व्यापार सबै बन्द गरेर बैंकमा पैसा राखौं जस्तो लाग्छ ।

बैंकले दिएको उच्च व्याजदरले निक्षेपकर्तालाई मात्र होइन, व्यवसायीलाई पनि आकर्षित गरेको छ । ‘हरेक दिन पत्रिकामा बैंकहरुले विज्ञापन छाप्छन् । वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याज दिएका छन् । विकास बैंक र फाइनान्स कम्पनीले १३/१४ व्याज दिने भनेको छन् । मुद्दती व्याजको दरले हामी उद्योगी व्यवसायीलाई पनि लोभ्याएको छ । उद्योग व्यापार सबै बन्द गरेर बैंकमा पैसा राखौं जस्तो लाग्छ’ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने–‘बैंकमा पैसा राख्यो, आनन्द । महिना/महिनामा व्याज आउने । उद्योग व्यापार गर्दा भोग्नु परेको समस्याबाट पनि छुटकरा पाइने ।’

बैंकले निक्षेपमा १२ प्रतिशत व्याज दिएपछि ५ प्रतिशत स्प्रेडदर राखेर १७ प्रतिशतमा कर्जा दिने र त्यति धेरै व्याजमा कर्जा लिएर व्यवसाय गर्न नसकिने उनले बताए । ‘प्रेमपत्र आएजस्तो हरेक साता व्याजदर बढाएको पत्र बैंकबाट आउन थालेको छ’ उनले भने–‘पहिला कर्जा लिएर व्यवसाय गर्नेहरुलाई पनि गम्भिर समस्या भयो ।’

गएको दुई दशकमा अधिकांश समय निक्षेपकर्ताले मुद्रा स्फीतिदर भन्दा ज्यादै कम व्याज पाएका थिए । निक्षेपकर्ताको लागि कम व्याज दिएको भन्दै नियामक निकाय तथा सरकारी अधिकारीहरुले बैंकहरुको आलोचना गर्ने गरेको थिए । तर अहिले व्यवसायीहरुबाट बैंकर्सको आलोचना हुन थालेको छ । उद्योग वाणिज्य महासंघको उपाध्यक्ष शेखर गोल्छाले बैंकको व्याजदर वृद्धिले उत्पादन लागत वृद्धि भएको जनाउँदै असार मसान्तसम्ममा मुद्रास्फीति १२/१३ प्रतिशत हुने बताए ।

Share News