सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने

<p>काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर &#8216;टाटा केयर क्याम्प&#8217; आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका [&hellip;]</p>

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ ।

यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई लक्षित गरेको छ ।

यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धि सञ्जालमा सञ्चालन हुने सिपद्रीले जनाएकाे छ ।

कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा नि:शुल्क पाउनेछन् ।

यसैगरी, ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्टमा २० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ । यसैगरी, टप वाशिङ सित्तैमा गरिने कम्पनीले जनाएकाे छ ।

Share News