सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सीईओमा शिवनाथ पाण्डे नियुक्त

<p>काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । पाण्डेले फागुन २ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्नेछन् । पाण्डेले करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट [&hellip;]</p>

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । पाण्डेले फागुन २ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्नेछन् ।

पाण्डेले करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । ५२ वर्षको उमेरका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।

२०६३ सालमा स्थापना भएको सूर्यालाईफ इन्स्योरेन्स कम्पनीमा अहिलेसम्म प्रभावकारी सीईओको कमी देखिएको थियो । अधिकांश समय यस कम्पनीको सीईओ पद खाली नै रह्यो । नियुक्त भएका सीईओहरु पनि स्थीर नभएपछि यस कम्पनीको पर्फमेन्स पनि कमजोर थियो ।

Share News