खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्दा नामीको इभी कार पाइने

<p>काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले खल्तीफुल दशैंको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ इ ३ इभी कार जित्न सक्ने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार असोज ३० देखि पुष १० सम्म लागू हुने अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी नामी ०१ इ ३ इभी [&hellip;]</p>

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले खल्तीफुल दशैंको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजनाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ इ ३ इभी कार जित्न सक्ने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार असोज ३० देखि पुष १० सम्म लागू हुने अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वर्ल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी नामी ०१ इ ३ इभी कार जित्न सक्नेछन् ।  प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट पनि जित्न सक्ने कम्पनीले जनाएकाे छ । साथै  बोटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्म अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।

‘यो अफर नयाँ वर्ल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस योजनाअन्तर्गत १ महिना देखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपनमार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् ।’

गत दशैंमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गरेर दुबई घुमौं रमेर’ अफरमार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौं सरर’ अफरमा इभी जित्ने मौका रहेको छ ।

खल्तीले आफ्नो ‘खल्ती फुल दशैं’ योजनाअन्तर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ ।

Share News