नेपाल लाईफ र कम्यूनिटी फरवार्डको सेयर बाँडफाँड फागुन १३ गते भित्र गर्नुपर्ने, ऋण लिएर लगानी आवेदन गर्नेलाई व्याजमा राहात

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सलाई फागुन १३ भित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य (तरलता) अभावलाई सम्बोधन गर्न भन्दै बोर्डले ती कम्पनीहरुलाई शेयर बाँडफाँडको अवधि छोट्याउन निर्देशन दिएको छ। बोर्डले तरलता अभावको असर शेयरको दोस्रो बजारमा समेत देखिएको भन्दै [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सलाई फागुन १३ भित्र सेयर बाँडफाँड गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य (तरलता) अभावलाई सम्बोधन गर्न भन्दै बोर्डले ती कम्पनीहरुलाई शेयर बाँडफाँडको अवधि छोट्याउन निर्देशन दिएको छ।

बोर्डले तरलता अभावको असर शेयरको दोस्रो बजारमा समेत देखिएको भन्दै छिटो बाँडफाँड गर्न निर्देशन दिएको हो।

नेपाल लाइफ इन्स्योरेन्सले  फर्दर पब्लिक अफरिङ (एफपिओ) र  कम्युनिटी फर्वार्ड माइक्रो फाइनान्सले साधारण सेयर निष्काशन गरेकोमा ती दुई संस्थाको सेयर आवेदनसँगै ५५ अर्ब भन्दा बढी रकम थन्किएर बसेको छ ।

साविकमा दुई महिना भित्र बाँडफाँड गर्नु पर्ने नेपाल लाइफलाई बोर्डले निश्कासनको ४० दिन भित्र बाँडफाँड गरि सक्न बोर्डले निर्देशन दिएको छ। जस अनुसार कम्पनीले अब दुई साता भित्र बाँडफाँड गरि सक्नु पर्नेछ। निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई छिटो बाँडफाँड सम्पन्न गर्न बोर्डले निर्देशन दिएको हो।

नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपिओ निश्कासन गर्दा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो।

यस्तै साबिकमा ५० दिनको बाँडफाँड अवधि रहेको कम्युनिटी फर्वार्डलाई बोर्डले ३० दिनभित्र बाँडफाँड गरि सक्न निर्देशन दिएको छ। कम्पनीको निश्कासन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टले पनि अब दुई सातामा बाँडफाँड सम्पन्न गर्नु पर्नेछ।

यो ब्यवस्थाले करिब तीन लाख ७० हजार लगानीकर्ताको ५५ अर्ब रुपैयाँ भन्दा बढी फिर्ता हुने बोर्डले जनाएको छ। बाेर्डकाे याे निर्देशनले बैंकबाट ऋण लिएर लगानी गर्ने लगानीकर्तालार्इ व्याजमा राहात मिल्ने भएकाे छ ।

Share News