काठमाडौं । सनराइज बैंकले चिपमा आधारित इएमभी कार्डहरुको शुरुवात गरेको छ । बैंकले विद्युतिय कारोवारको सुरक्षाप्रति सजग रही हाल प्रयोगमा रहेका कार्डहरुलाई थप सुरक्षित पार्दै उक्त कार्डहरु प्रचलनमा ल्याएको हो ।
साथै ग्राहकहरुलाई थप सुविधा दिने उद्धेश्यले चिपमा आधारित क्रेडिट कार्ड तथा विदेश जाने व्यक्तिहरुलाई लक्षित गर्दै विदेशी मुद्राको प्रिपेड कार्डहरु समेत प्रचलनमा ल्याएको छ । विद्युतिय कारोबारबाट सृजना हुने जोखिमलाई न्यूनिकरण गर्नको निमित्त हाल चल्तिमा रहेका म्याग्नेटि स्ट्रिप कार्डहरुलाई अन्तराष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुसार चिपमा आधारित इएमभि कार्डमा क्रमशः प्रतिस्थापन गर्दै जाने बैंकले जनाएको छ ।
बैंकको हाल ६७ शाखा, ७२ एटिएम, १३ शाखा रहित बैंकिङ्ग सेवा तथा ३ वटा एक्स्टेन्सन काउन्टरहरु रहेका छन् ।