बीमक संघको नेतृत्व सर्वसहमत चयन, अध्यक्षमा पुनः विजयबहादुर शाह

<p>काठमाडौं । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत  विके महर्जन, महासचिव एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठ, कोषाध्यक्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

विजयबहादुर शाह

काठमाडौं । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् ।

संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत  विके महर्जन, महासचिव एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठ, कोषाध्यक्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यबार  भएका छन् ।

कार्यसमिति सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकीकुँवर क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान चुनिएका छन् ।

जीवन बीमा कम्पनीको तर्फबाट एक जना उपाध्यक्ष र दुई जना सदस्य भने टुंगो लाग्न बाँकी छ । जीवन बीमा कम्पनीहरुले पनि आफ्नो तर्फको प्रतिनिधि सर्वसहमतिमा छान्ने बताएका छन् । विधानअनुसार संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।

संघको १५ औं साधारणसभाको कार्यक्रम आज भएपनि नेतृत्व चयनको विषयमा हिजै सहमति जुटेको हो । नयाँ नेतृत्वकोबारे औपचारिक घोषणा आज साँझ मात्र हुनेछ ।

Share News