काठमाडौंमा १०० प्लस पन्च इभीको डेलिभरी, पूर्वबाट रिजनल लन्च पनि सुरु 

<p>काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १ सय प्लस युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ । पन्च इभीको नाडाको पहिलो दिनमै सयभन्दा धेरै बुकिङ लिएर बिक्री सुरु भएको  सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जानकारी दिए । उनका अनुसार पन्च [&hellip;]</p>

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा १ सय प्लस युनिट काठमाडौंमा डेलिभरी गरिसकेको छ ।

पन्च इभीको नाडाको पहिलो दिनमै सयभन्दा धेरै बुकिङ लिएर बिक्री सुरु भएको  सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीले जानकारी दिए ।

उनका अनुसार पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ । टाटा पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेकाे छ ।

पन्च इभी ३३.९९ को भेरिएन्टमा योभन्दा दुई सेगमेन्ट माथिका विशेषताहरूमा भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिने छ।

पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मीमी रहेको छ ।

Share News