
काठमाडौं । सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ लञ्च गरेको छ। एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी ६ भेरियन्ट सार्वजनिक गरेको हाे ।
कम्पनीका अनुसार यसकाे मूल्य ८४ लाख ९९ हजार तोकिएको छ ।
चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसइपिए २.० प्रविधि ल्याएको हाे । एक्सपेङ जी ६ मा ४४० एनएम टर्क, १९० केडब्ल्यू पावर र ४३५ किमी रेन्जजस्ता विशेषता छन् । साथै यसको ब्याट्री क्षमता ६६ केडब्ल्यूएच छ ।
संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) र ९-डायमेन्सन ब्याट्री सेफ्टी पनि रहेकाे सिजीले जनाएकाे छ । जी ६ को आकर्षक डिजाइनलाई लिएर पनि सकारात्मक प्रतिक्रिया आइरहेकाे छ ।
जेनेसिस, ल्याम्बाेर्घिनी, फरारी, अडीजस्ता गाडीमा काम गरेका डिजाइनर अहिले एक्सपेङमा आवद्ध छन् । बुकिङ र टेस्ट राइडको लागि थापाथलीस्थित शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।