
काठमाडौं । काठमाडौं नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ योजना सार्वजनिक गरेको छ ।
यो योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत https://www.tvsnepal.com/dashain/form मा गइ सवारीसाधन नकिन्दै पाँच लाखसम्म र खरिद गरेपछि दस लाखसम्म जित्न सकिने कम्पनीले जनाएकाे छ ।
र हरेक सप्ताह १०० प्रतिशत क्याश ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएकाे छ ।
पुरानो बाइक वा स्कुटरमा एक्सचेन्जको सुविधा पनि रहेकाे छ ।
टिभिएसले ‘मेरो साथी’ एपमार्फत सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने जानकारी पनि दिएको छ ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।