सीटीइभीटीको उपाध्यक्षका लागि विज्ञापन आह्वान

<p>काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) उपाध्यक्ष खगेन्द्र अधिकारीको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्षको खोजी भएको छ । यसका लागि सीटीइभीटीले खुल्ला प्रतिस्पर्धाबाट विज्ञापन गरेको । उपाध्यक्ष मनोनयन सिफारिस समितिले विज्ञापन गरेको सीटीइभीटीले जनाएको छ । उपाध्यक्ष हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा कम्तीमा १५ [&hellip;]</p>

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) उपाध्यक्ष खगेन्द्र अधिकारीको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्षको खोजी भएको छ । यसका लागि सीटीइभीटीले खुल्ला प्रतिस्पर्धाबाट विज्ञापन गरेको ।

उपाध्यक्ष मनोनयन सिफारिस समितिले विज्ञापन गरेको सीटीइभीटीले जनाएको छ । उपाध्यक्ष हुन मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, चालीस वर्ष उमेर पूरा भई साठी वर्ष उमेर ननाघेको हुनु पर्ने छ ।

योग्यता पुगेका उम्मेदवारले भदौ २६ भित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजना सहितको सोचपत्र लेखेर मन्त्रालयको प्रशासन महाशाखामा दर्खास्त दिन सकिने व्यवस्था गरेको छ ।

Share News