महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थासँग सम्झौता गरेको छ । सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्मदिन, विवाह, व्रतबन्ध [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थासँग सम्झौता गरेको छ ।

सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्मदिन, विवाह, व्रतबन्ध पार्टीलगायत उत्ससवका लागि केकको मूल्यमा १५ प्रतिशत छुट पाइने भएको छ।

यसैगरी श्रीराम हस्पिटल वीरगञ्जमा ओपिडीमा ३० प्रतिशत र ल्याबमा २० प्रतिशत छुट पाइने भएको छ ।

Share News