काठमाडौं । बुधबार मात्रै ४९ लाख २८ हजार ६६८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन चार कम्पनीको गरि सो मात्राको बोनस सेयर सूचिकृत भएको हो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३० लाख ५७ हजार ३७७ कित्ता बोनस नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, कन्काइ विकास बैंकको २ लाख ५० हजार कित्ता बोनस सूचिकृत भएको छ ।
त्यसैगरि गण्डकी विकास बैंकको १० लाख ५३ हजार र सहयोगी विकास बैंकको ५ लाख ६७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत नेप्सेले जनाएको छ ।