अघि बढ्यो काठमाडौंमा मोेनो रेलको काम, तीन महिना भित्रै सम्भाव्यता अध्ययन

<p>काठमाडौं । काठमाडौं उपत्यकामा मोनो रेलको काम अघि बढेको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काई रेलको निर्माणको सम्भाव्यता अध्ययन गर्न सिमेक्स इंक प्रालीसँग सम्झौता गरेको हो । सम्झौता अनुसार सिमेक्स इंकले आगामी ३ महिना भित्र काठमाडौंको प्रमुख एउटा रुटमा स्काई रेल निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्नेछ । त्यस्तै, १२ महिना भित्र काठमाडौंका प्रमुख [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकामा मोनो रेलको काम अघि बढेको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काई रेलको निर्माणको सम्भाव्यता अध्ययन गर्न सिमेक्स इंक प्रालीसँग सम्झौता गरेको हो ।

mono_rail_cooperation

सम्झौता अनुसार सिमेक्स इंकले आगामी ३ महिना भित्र काठमाडौंको प्रमुख एउटा रुटमा स्काई रेल निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्नेछ । त्यस्तै, १२ महिना भित्र काठमाडौंका प्रमुख रुटहरुमा स्काई रेल निर्माणको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी सिमेक्सलाई दिइएको काठमाडौं महानगरपालिकाका योजना अधिकृत रमेश घिमिरेले विकासन्युजलाई जानकारी दिए ।

स्काई रेल एक प्रकारको मोनो रेल हो । यस्तो रेल जमिन माथी पिलर बनाएर त्यसमा सञ्चालन गरिन्छ । उपत्यकाको बढ्दो सवारी जाम र अव्यवस्थित शहरीकरणलाई मध्यनजर गरेर स्काई रेलको निर्माण प्रक्रिया आरम्भ गरिएको हो ।

rail_ktm

Share News