काठमाडौं । हिमालयन डिस्टिलरीले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३ करोड २८ लाख ६ हजार रुपैयाँ खुँद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिसम्ममा भने यसको घाटा ५२ लाख रुपैयाँ रहेको थियो । डिस्टिलरी अघिल्लो त्रैमाससम्ममा पनि ४३ लाख रुपैयाँ घाटा थियो ।
३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यो डिस्टिलरीको संचालन नाफा २९ करोड ४२ लाख रुपैयाँ रहेको छ ।
यसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५१ पैसा रहेको छ । प्रति सेयर नेटवर्थ भने १५१ रुपैयाँ १ पैसा रहेको छ ।
यसको सेयर मंगलबारसम्म ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।