हाम्राे शिक्षा प्रणाली परम्परागत भयाे, पाठ्यक्रमलाई प्रविधिसँग जोड्न आवश्यक छ : सुमना श्रेष्ठ

<p>काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अहिलेको हाम्रो पाठ्यक्रमलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको परम्परागत शिक्षा प्रविधिले शिक्षालाई सिपसँग जोड्न नसकेको बताएकी हुन् । उनले श्रमको सम्मान पहिलो प्राथमिकता रहेको [&hellip;]</p>

काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले अहिलेको हाम्रो पाठ्यक्रमलाई प्रविधिसँग जोड्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिंकेज’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको परम्परागत शिक्षा प्रविधिले शिक्षालाई सिपसँग जोड्न नसकेको बताएकी हुन् ।

उनले श्रमको सम्मान पहिलो प्राथमिकता रहेको बताएकी छन् । ‘डाक्टर, इन्जिनियरलाई जति सम्मान दिन्छौं त्यति नै सम्मान हामीले श्रम गर्ने अन्य सबैलाई दिन सक्नुपर्छ र मात्रै शिक्षालगायत रहेक कुरामा समानता हुन्छ,’ उनले भनिन्, ‘हामिले डाक्टर इन्जिनियर मात्रै भन्न थाल्यौं भने के हुन्छ होला सोचौ त ?’

नेपालको शिक्षालाई पनि प्रविधिसँग जोड्न आवश्यक रहेको उनले बताइन । ‘जबसम्म हामीले शिक्षामा पढ्दै कमाउँदैको धारणा जोड्न सक्दैनौं तबसम्म शिक्षामा सुधार हुन सक्दैन,’ उनी भन्छिन्, ‘अहिलेको शिक्षा सुधार्नका लागि सबैभन्दा पहिले अभिभावकलाई आफ्नो बच्चाले अध्ययन गर्न लागेको विषयको बारेमा बुझाउनपर्छ ।’

अभिभावकलाई प्राविधिक विषय पढ्दाको फाइदा, उपयागिता तथा प्रभावकारिताको बारेमा बुझाउने हो भने मात्रै शिक्षा प्रभावकारी हुने उनको भनाइ छ ।

‘हाल सीटीईभीटीमा अध्ययनरत विद्यार्थीको संख्या उल्लेख भए पनि म पढाइमा कमजोर थिएँ त्यसैले टेक्निकल अध्यय रोजेँ भन्नेहरू धेरै हुनुहुन्छ,’ उनले भनिन्, ‘यो कुरा एकदमै गलत हो । टेक्निकल पार्टमा पनि आफ्नो क्षमताअनुसारको व्यक्ति आउन सके त्यो क्षेत्र पनि सुधार हुँदै जान्छ, त्यसैले हामीले यसमा जोड दिन आवश्यक छ ।’

Share News