अटो शोको हटकेक ‘स्काईवेल’, नेपालमै उच्च रेञ्ज, ४ लाख बढी छुट

<p>काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ ‘स्काईवेल बी ११’ । नेपालमा विद्युतीय गाडीमध्ये उच्च रेञ्ज दिने यस गाडी उपभोक्ताको रोजाइमा परिरहेको छ । गाडीको बिक्री जी मोटर्सले गरिरहेको छ । यो गाडी उपभोक्ताको हटकेक बनिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काई वेल बी ११ गाडीले [&hellip;]</p>

काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ ‘स्काईवेल बी ११’ । नेपालमा विद्युतीय गाडीमध्ये उच्च रेञ्ज दिने यस गाडी उपभोक्ताको रोजाइमा परिरहेको छ । गाडीको बिक्री जी मोटर्सले गरिरहेको छ । यो गाडी उपभोक्ताको हटकेक बनिरहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काई वेल बी ११ गाडीले हालसम्मकै उच्चतम रेञ्ज दिन्छ । एक पटक फुल चार्ज गरेपछि ६२० किलोमिटरसम्मको दुरी सवार गर्न सकिने उनको भनाइ छ ।

कम्पनीले सो गाडीको बिक्री गत वैशाखदेखि सुरु गरेको थियो । असार मसान्तसम्म आइपुग्दा ४० वटा गाडी कम्पनीले बिक्री गरिसकेको गेलालले बताएका छन् ।

प्रबन्ध निर्देशक गेलालले सो गाडीलाई आफूले पनि नेपालका विभिन्न ठाउँ पुगेर १० हजार किलोमिटर कुदाएकोले अनुभवका आधारमा गाडी आकर्षक रहेको सुनाए ।

यसरी आफंैले सो गाडी चलाएपछि नेपाली ग्राहकलाई बेच्न सकिने आत्मबल लिएरसो गाडी बिक्री सुरु गरेको बताए ।

मूल्य र छुट

नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकलाई कम्पनीले आकर्षक छुट पनि दिइरहेको छ । कम्पनीले ४ लाख १० हजार रुपैयाँसम्म छुट दिएको उनले जानकारी दिए ।

उनका अनुसार ४१० किलोमिटर रेन्ज दिने ८० लाख रुपैयाँ मूल्य पर्ने सो गाडीको मूल्य नाडामा बुकिङ गर्दा ७५ लाख ९० हजार पर्नेछ ।

त्यस्तै, ५२० किमी रेन्ज दिने ९० लाख रुपैयाँ पर्ने गाडीको मूल्य ८५ लाख ९० हजार रुपैयाँमा बुक गर्न सकिनेछ । नाडा अटो शो सकिकएपछि उक्त गाडीहरुमा यसरी छुट नरहने उनले स्पष्ट पारे ।

बुकिङ गरेपछि पनि टेस्ट ड्राईभ गरेर मात्र गाडी खरिद गर्न उनले ग्राहकलाई सुझाव दिए । गाडीको बारेमा राम्रोसँग बुझेर नै खरिद गर्नुपर्ने धारणा उनको छ ।

स्काई वेलका विशेषता

जी मोटर्सले एउटै ब्राण्डको गाडीहरू मात्र बिक्री गर्ने भएकाले ग्राहकलाई कन्फ्युजन नहुने उनको धारण छ । यस्तै, जी मोटर्सले पार्टपुर्जा र सर्भिसको पनि सेवा दिइरहेको छ । विश्वका ६५ देशहरूमा स्काई वेलका गाडी लोकप्रिय भइरहेको उनले सुनाए ।

यस गाडीको कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ । उनका अनुसार गाडीमा ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्री क्षमता छ ।

केहीले सेवालाई भन्दा बिक्री र नाफालाई बढी ध्यान दिएका हुन्छन् । तर, जी मोटर्स ग्राहकको सेवामा ध्यान दिन्छ,’ उनले भने ।

स्काई वेल ईयू सर्टिफिकेसन लिने पहिलो चाईनीज गाडी हो । सन् २०१७ सम्म अन्य कुनै पनि चाईनिज गाडीले ईयू सर्टिफिकेसन लिन नसकेको अवस्थामा स्काई वेलले सोही समयमा सो सर्टिफिकेट लिएको उनले उल्लेख गरे ।

ईयू सर्टिफिकेसन लिनु एक ठूलो सफलता भएको उनले बताए । रेन्ज, लक्जरी, कम्फर्ट, ड्राईभिङ्ग इन्जोएमेन्टका कुरामा ग्राहकहरु सन्तुष्ट रहेको उनको भनाइ छ ।

Share News