३ वटा अवतारसहित नाडामा सीजीका २७ गाडी बुकिङ

<p>काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शोमा सीजी मोटर्सका ८ वटा स्टल प्रदर्शनमा राखिएको छ । विभिन्न ब्राण्डका गरी ८ वटा स्टल लिएको कम्पनीले जनाएको छ । उक्त शोको पहिलो दिनमा सीजीले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको जानकारी दिएको छ । सीजीका अनुसार नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनिक [&hellip;]</p>

काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको नाडा अटो शोमा सीजी मोटर्सका ८ वटा स्टल प्रदर्शनमा राखिएको छ । विभिन्न ब्राण्डका गरी ८ वटा स्टल लिएको कम्पनीले जनाएको छ ।

उक्त शोको पहिलो दिनमा सीजीले २७ वटा बुकिङ प्राप्त गर्न सफल भएको जानकारी दिएको छ ।

सीजीका अनुसार नेपाली बजारमा नाडा अटो शोमार्फत नै सार्वजनिक गरेको अवतार११ को ३ वटा बुकिङ भएको छ । त्यसैगरी नाडामार्फत नै सार्वजनिक गरिएको रिद्दारा अरडी६ को ५ वटा र एक्सपेङको ६ वटा बुकिङ भएको छ ।

नेपाली बजारमा लोकप्रिय रहेको नेटा भीको पनि ६ वटा बुकिङ भएको छ भने नाडामा नै सार्वजनिक गरिएको नेटा एक्स मोडलको ७ वटा बुकिङ भएको कम्पनीले जनाएको छ ।

पहिलो दिनमा २७ वटा बुकिङ प्राप्त गर्न सफल रहेको सीजीले नाडा अटो शोको अन्त्यसम्ममा आफ्ना विभिन्न ८ वटा ब्राण्डहरूमार्फत २ सयभन्दा धेरै बुकिङ हुने विश्वास लिएको जनाएको छ ।

Share News