काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने भएको छ ।
स्वास्थ्य क्षेत्रमा कार्यरत स्वदेश तथा विदेशमा रहेका विज्ञहरूबाट स्वास्थ्य क्षेत्र सुधारका लागि सुझाव लिन सम्मेलन आयाेजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा स्वदेश तथा विदेशमा रहेका स्वाथ्य क्षत्रका विज्ञहरूको सहभागिता रहने छ । विज्ञको सल्लाहका आधारमा नेपालको शिक्षा प्रणाली सुधार्न के-के गर्नुपर्छ भन्ने विषयमा पनि छलफल गरिने बताइएकाे छ ।
सम्मेलन आयोजना गर्न ९ सदस्य कार्यदल गठन गरेको छ । जसमा मेडिकल काउन्सिलका पदाधिकारीदेखि स्वास्थ्य विज्ञ डा. शम्भु आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका संक्रामक रोग विशेषज्ञ डा. जनक काेइरालालगायत रहेका छन् । कार्यदलको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले सम्मेलनको ढाँचा तयार पार्ने जनाएको छ ।