काठमाडौं । भक्तपुर गट्ठाघरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालले किनेको छ ।
१६ वर्षअघि सञ्चालनमा आएको यो अस्पतालले व्यवस्थापनमा चुनौती देखिएपछि सेयर सदस्य अथवा ह्याम्स अस्पतालका अध्यक्ष डा. आरएस भण्डारीलाई जिम्मा लिन आग्रह गरेको थियो ।
अस्पतालको आग्रहपछि १ सय शैय्याकाे नागरिक अस्पतालको जिम्मा ह्याम्स अस्पतालले लिएको हो । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले नागरिक अस्पतालबाट ह्याम्सले भदौ १ गतेदेखि नै इमर्जेन्सी बिरामीलाई सेवा दिन भक्तपुरमा पहिलो पटक २४ सै घण्टा एमडीजीपी डाक्टर राखेर भेन्टिलेटरसहित इमर्जेन्सी विभगलाई सञ्चालन गरिसकेको बताएका छन् ।
उनले यो अस्पताललाई मेडिकल टिम र मेडिकल टेक्नोलोजी ह्याम्सकै लेभलमा विकास गर्दै लगिने र सय बेडमा सञ्चालित अस्पताललाई २ सय बेडसम्मको बनाउले योजना रहेको बताए ।
अब नागरिक अस्पताललाई कर्पोरेट अस्पतालका रूपमा विकास गरिने जनाइएको छ । अस्पतालको व्यवस्थापनको जिम्मा ह्याम्सले लिएसँगै ७ वर्षअघि नागरिक अस्पताल भित्रिएको शैलेन्द्रमोहन झासहित ७ जनाको टोली बाहिरिएको छ ।