काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नाडा अटो शोमा विशेष अफर घोषणा गरेको छ । कम्पनीले नाडा अटो शोमा कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने सेरेस ३ को मूल्य तोकेको छ ।
सेरेस ३ को मूल्य कम्फर्टो मूल्य ४५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ भने र प्रिमियमको मूल्य ४८ लाख ८७ हजार रुपैयाँ तोकिएको छ ।
यी विशेष मूल्यहरू नाडा विशेष अफरअन्तर्गत पर्न आउने कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा सेरेस स्टल ए६ मा सेरेस ब्राण्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन् ।