काठमाडौं । गोगोरोले मंगलबारदेखि सुरु भएकाे नाडा अटो शो २०२४ मा विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर जीएक्स २५० स्मार्ट स्कुटर सार्वजनिक गरेको छ । स्मार्ट स्कुटर सार्वजनिकसँगै कम्पनीले काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेसन स्थापना गर्ने घोषणा पनि गरेको छ ।
सहरका लागि सस्टेनेबल मोबिलिटी सोलुसन प्रदान गर्ने, ब्याट्री स्वापिङ टेक्नोलोजी इकोसिस्टममा विश्वकै अगुवा गोगोरो इंक र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका विशेष प्रडक्ट रेन्जहरू लन्च गरेका हुन् ।
दुई स्वाप स्टेशनको सफ्ट लन्च, फूडमान्डु र जुमजुम जस्ता रणनीतिक साझझेदारसँग स्कुटरको प्रयोग पश्चात् प्राप्त अत्याधिक सकारात्मक प्रतिक्रियापछि गोगोरो अब आफ्ना स्कुटरहरू बिक्रीको लागि तयार रहेको नेबुला इनजीका अध्यक्ष मनोज गोयलले बताए । सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, प्रबन्ध निर्देशक सहायु गौयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापक हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औंल्याए । ब्याट्री स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्युतीय दुईपांग्रे सवारी खरिद गर्ने उपभोक्ताले सामना गर्ने यस्ता प्रमुख चुनौतीलाई सम्बोधन गर्न मौलिक समाधान प्रदान गर्ने उनले बताए ।
नेबुला इनर्जीले हाल जीएक्स २५० को लागि रणनीतिक बीटूबी साझेदारलाई ब्याट्री स्वापिङ सेवा प्रदान गर्दैछ । नेबुलाले सेप्टेम्बरको मध्यमा नक्सालको नारायणचौरमा पहिलाे गोगोरो शोरुमको उदघाटन गर्ने नेबुला इनर्जीका जनरल मेनेजर चिरञ्जीवि शाहले बताए ।

उनका अनुसार उद्घाटनपछि ग्राहकले स्कुटरको परीक्षण र विशेष इन्ट्रोडक्टरी प्राइसमा प्रि-बुकिङ गर्ने र दसैंपछि आफ्नो स्मार्ट स्कुटरको डेलिभरी प्राप्त गर्ने उनले बताए ।
बिक्री सुरु गर्नुअघि ४१ स्वाप स्टेसनहरू स्थापना गर्ने प्रतिबद्धता अनुरूप नेबुलाले काठमाडौं उपत्यका वरिपरि ४५ वटा ब्याट्री स्वापिङ स्टेसनका लागि निश्चित स्थानको घोषणा गरेको छ । जसअनुसार प्रत्येक २-३ किलोमिटरमा एउटा स्टेसनको उपलब्धता सुनिश्चित हुने उनले बताएका छन् । स्टेसनहरू पेट्रोल पम्प, मार्ट, मल र ग्राहकहरूको सहजता र पहुँचका लागि साझा चासोका क्षेत्रहरूमा राखिने उनको भनाइ छ ।
गोगोरो स्मार्ट स्कुटरको सबैभन्दा चाखलाग्दो कुरा भनेको यसमा ग्राहकहरूले ब्याट्री खरिद गर्न आवश्यक पर्दैन । किनकि गोगोरोले सुविधाजनक ब्याट्री सब्सक्रिप्सन योजना प्रदान गर्ने कम्पनीकबो दाबी छ । यो योजनाले स्वाप स्टेसनको सम्पूर्ण नेटवर्कमा पहुँच प्रदान गर्ने र प्रयोगकर्तालाई ब्याट्री स्वामित्वको झन्झट बिना नै आफ्नो स्कुटर पावर अप राख्न सजिलो बनाउँने विश्वास कम्पनीले लिएको छ ।
नेबुला इनर्जीले नेपालमा पेट्रोल पम्पको संख्याभन्दा धेरै ब्याट्री स्टेसन स्थापना गर्ने योजना रहेको शाहले बताए ।

गोगोरो पल्स
भविष्यलाई नियाल्दै गोगोरोले नयाँ एडभान्स्ड हाई पर्फर्मेन्स स्मार्ट स्कुटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो । पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो र यसले गोगोरोको नवीनता र क्षमतालाई स्पष्ट रूपमा प्रदर्शन गर्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ ९ किलोवाटको गोगोरो-डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टीभ एक्टिभ-म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई- डेफिनिशन टच डिस्प्ले प्रयोग गर्दछ ।
पल्स गौगोरोको नयाँ हाइपर इाइम पावरट्रेनद्वारा सञ्चालित छ, जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो । गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्ण रूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्वीलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्याक्सन कन्ट्रील प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर रहन्छ ।
गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल-कूलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ । पल्स ३.०५ सेकेण्डमा नै फुल चार्ज हुन्छ भने म्याक्सिमम पावर आउटपुट ९.० किलोवाट रहेको छ । त्यस्तै, म्याक्सिमम ११ हजार आरपीएम र ३७८ एनएम टर्क रहेको छ ।
गोगोरो जेगो
गोगोरो जेगोले ईभी स्कुटरको बजारमा अरूभन्दा फरक विभिन्न सुविधाहहरू प्रदान गर्छ । यो स्लोक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारसँग तयार पारिएको कम्पनीले जनाएकाे छ ।
यसका मुख्य विशेषतामा डुअल ब्याट्री अप्सनहरू समावेश छन् । जसले उच्च गति र लामो रेन्जहरू प्रदान गर्दछ । जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रंक र हल्का तौल उपलब्ध छन् जसले यसलाई सजिलै चलाउन र डोहोर्याउन मिल्ने कम्पनीले बताएको छ ।
गोगोरो जीएक्स २५०
गोगोरो जीएक्स २५० अल्टिमेट दुई पांग्रे एसयूभी हो । भारतको महाराष्ट्रमा बनाइएको जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्ट स्कुटर हो । पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ जसले विभिन्न स्टोरेज, राइडिंग र कस्टोमाइजेसन क्षमता प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट प्रदान गर्दछ ।
कम्पनीका अनुसार क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ, आराम र स्थिरतालाई जोड दिँदै ठूला भार पनि अटाउन सक्छ ।
गोगोरो ब्याट्री टेक्नीलोजी
विश्व बजारमा हलुका सहरी सवारीसाधनका लागि अग्रणी ब्याट्री स्वापिङ कम्पनीको रूपमा परिचित गोगोरोको इकोसिस्टमको केन्दमा एउटा खुला र इन्टर अपरेबल ब्याट्री स्वापिङ प्लेटफर्म रहको छ । गोगोरी ब्याट्री स्वापिङ भनेको स्वापेबल ब्याट्री रिफ्युलिंगको नयाँ जेनेरेसन हो जसले स्मार्ट, सुरक्षित व्यवसाय र समुदायका लागि गतिशील र बहुमुखी हुन निरन्तर अप्टिमाइज गर्छ ।
ताइवानमा गोगोरो नेटवर्कले ६,१०,००० भन्दा बढी सवारलाई समर्थन गरेको छ । त्यस्तै २,१०० भन्दा बढी स्थानमा १२,५०० ब्याट्री स्वापिङ स्टेशनको नेटवर्कमार्फत यसका १.४ मिलियनभन्दा बढी स्मार्ट ब्याट्रीहरू सर्कुलेसनमा रहेका छन् ।
ताइवानमा गोगोरोको ब्याट्री स्वापिङ स्टेसन पेट्रोल स्टेसन भन्दा बढी रहेको कम्पनीले जनाएको छ । ४००,००० भन्दा बढी दैनिक ब्याट्री स्वाप हुन्छन् । गोगोरो ब्याट्री स्वापिङले सन् २०१५ मा सुरु भएदेखि १० लाख टनभन्दा बढी कार्बन डाइअक्साइड बचत गरेको कम्पनीको दाबी छ ।
ब्याट्री स्वापिङ एउटा इनोभेटिभ अवधारणा हो । जसले चार्ज सकिएको ब्याट्रीसँग फुल चार्ज भएको ब्याट्रीलाई तत्काल प्रतिस्थापन गर्दै प्रयोगकर्तालाई आफ्नो सवारीसाधनको रेन्ज विस्तार गर्न छिटो र प्रभावकारी तरिका प्रदान गर्छ । ब्याट्री स्वापिङ टेक्नोलोजीले दुईपांग्रे ईभी अपनाउनका लागि विद्यमान वर्तमान अवरोधहरू समाधान गर्न मद्दत गर्छ । त्यस्तै, सुरक्षित, दिगो र स्केलेबल तरिकामा सहरी मोबाइल ऊर्जा मागको पनि सम्बोधन गर्ने कम्पनीले बताएको छ ।