इन्दु बर्मा बनिन् प्रोफेसनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर

<p>काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) को नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले [&hellip;]</p>

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) को नयाँ ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् ।

कन्सल्टेन्सीले आइतबार पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जानकारी गराएको हो ।

कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्सडेर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो ।

कन्सल्टेन्सीका निर्देशक कृष्ण श्रेष्ठले कप्तान बर्मालाई कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

बर्माले कर्पोरेट क्षेत्रको यो सहयोगले आफ्नो खेल जीवनमा सहयोग पुग्ने बताइन् ।

नेपाली क्रिकेटमा महिला खेलाडीलाई पनि प्रोत्साहन गर्नका लागि हात अघि बढाएको कन्सलटेन्सीले जानकारी दिएको छ ।

Share News