मुलुककै ठूलो र उच्चस्तरिय प्रविधियुक्त गुलाफको फार्म बन्दै, तीन वर्षमा गुलाफमा आत्मनिर्भर बनाउने लक्ष्य

<p>काठमाडौं । पुष्प व्यवसायीले नेपाललाई तीन वर्षमा गुलाफमा आत्मनिर्भर बनाउने तयारी गरेका छन् । पुष्प व्यवसायीले उपत्यका बाहिर २५ हजार स्क्वायर फिट क्षेत्रफल क्षमताको फार्मका लागि माघ २० गतेदेखि टेण्डर प्रस्ताव आह्वाहन गरेका छन् । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कुसजुका अनुसार यो परियोजनाका लागि चार करोड रुपैयाँ लागत पर्ने अनुमान गरिएको  छ । कुसजुका अनुसार [&hellip;]</p>

काठमाडौं । पुष्प व्यवसायीले नेपाललाई तीन वर्षमा गुलाफमा आत्मनिर्भर बनाउने तयारी गरेका छन् । पुष्प व्यवसायीले उपत्यका बाहिर २५ हजार स्क्वायर फिट क्षेत्रफल क्षमताको फार्मका लागि माघ २० गतेदेखि टेण्डर प्रस्ताव आह्वाहन गरेका छन् ।

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कुसजुका अनुसार यो परियोजनाका लागि चार करोड रुपैयाँ लागत पर्ने अनुमान गरिएको  छ । कुसजुका अनुसार उच्चस्तरिय प्रविधि सहितको सो फार्ममा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । उनले भने, ‘उच्चस्तरिय प्रविधियुक्त यस फार्ममा हिटिङ कुलिङ मेसिनको प्रयोग गरिन्छ, जसले जुनसुकै मौसममा पनि उत्पादन अनुकुल तापक्रम कायम राख्छ । यो परियोजनाले नेपाललाई दीर्घकालिन रुपमा गुलाफमा आत्मनिर्भर बनाउने छ ।’

gulab_rose

गुलाफका लागि न्यानो वातावरण अनुकुल हुन्छ । नेपालमा गर्मी महिनामा मात्र उत्पादन हुने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता रहेको कुसजुले जानकारी दिए । ुगुलाफको उत्पादनका लागि न्यूनतम ८ देखि अधिकतम ३० डिग्री सेल्सियसको तापक्रम चाहिन्छ, जाडो महिनामा माग अनुसार उत्पादनले धान्न नसक्ने भएकाले भारतबाट आयात गरिन्छु, उनले भने ।

आन्तरिक उत्पादन अपुग

यसपाली भ्यालेन्टाइन्स डे अर्थात अन्तराष्ट्रिय प्रणय दिवसका लागि भारतबाट ५० लाख मूल्य बराबरका गुलाफका फूल भित्रने भएका छन्।  भ्यालेन्टाइन्स डेमा प्रेमीप्रेमीकाले एकअर्कालाई प्रेमका प्रतिकका रुपमा गुलाफ आदान प्रदान गर्ने चलन छ । फेब्रुअरी ९ देखि १४ तारिखसम्मको भ्यालेन्टाइन सप्ताहमा अत्याधिक माग हुने भएकाले पुष्प व्यवसायीले करिब एक लाख थान गुलाफको फुल भित्र्याउने तयारी गरेका हुन् ।

नेपालमा काठमाडौं उपत्यका, नुवाकोट र चितवनमा गुलाफको उत्पादन हुन्छ । जाडोमा १५ प्रतिशतमात्र उपलब्ध हुन्छ । मूलुकभरका फार्ममा एक लाखवटा गुलाफका बिरुवा रहेको कुसजुले जानकारी दिए । उनले भने, ‘भ्यालेन्टाइन्स डेमा रातो गुलाफको मात्र माग रहने गरेकाले उत्पादन भएका मध्यपनि रातो छानेर बजारमा पठाउनुपर्छ ।’

पहाडी क्षेत्रमा मात्र गुलाफका फार्महरु रहेकाले जाडोमा उत्पादन गर्न नसकेको कुसजुले बताए । विदेशमा जस्तो अत्याधुनिक प्रविधि जडान गर्न सकेमा बाह्रैमास फुल उत्पादन गर्न सकिने उनले बताए ।

कुसजुका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक पाँचर६ हजार मात्र माग रहेको गुलाफको फुल भ्यालेन्टाइन सप्ताहमा दुई लाख फुल बिक्री हुने अनुमान छ । गतवर्ष भ्यालेन्टाइन्स डेमा डेढ लाख फुलकको कारोबार भएको उने जानकारी दिए ।

गुलाफको मूल्य ४० रुपैयाँदेखि एक सय रुपैयाँसम्म पर्ने कुसजुले जानकारी दिए । काठमाडौं ४० वटा गुलाफका पसल रहेका छन् तर भ्यालेन्टलाइन्स डेमा जस्तो पसलले पनि गुलाफ बिक्री गरिरहेको उनले बताए । उनले भने, ‘कपडादेखि उपहार पसलमा पनि गुलाफ बेचिरहेको पाइन्छ । त्यस्ता पसलमा बढी मूल्य लिनेगरेको पाइन्छ ।’

roses_bouquet

गुलाफमा आत्म निर्भर

करिब आठ वर्ष अगाडी नेपाल गुलाफ उत्पादनमा आत्मनिर्भर रहेको कुसजुले जानकारी दिए । एक अर्बको लगानीमाकाठमाडौंको सुन्दरीजलस्थित नयाँपाटीमा रहेको फार्म बन्द भएपछि गुलाफमा परनिर्भता बढेको उनले जानकारी दिए । ‘करिब २०० रोपनी क्षेत्रफल जग्गामा चाल लाख गुलाफका बिरुवा थिए । अत्याधुनिक प्रविधिजडित फार्मबाट बाह्रैमास उत्पादन हुन्थ्यो र निर्यात पनि गरिन्थ्यो’ ,उनले भने, ‘राजनीतिक अन्यौलता बढेपछि मजदुर आन्दोलित भए । समयमा फुल उपलब्ध गराउन नसक्दा विदेशी खरिदकर्ताले कारोबार बन्द गरिदिए ।’

नेपालबाट दैनिक करिब २० करोड बराबरको गुलाफ निर्यात हुने गरेको उनले बताए । त्यसपछि पूर्व रुपमा विदेशी उत्पादनमा निर्भर रहेको नेपालमा गत वर्षदखि मात्र उत्पादन हुन थालेका छन् ।

Share News