काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा सुरक्षा थ्रेट बढेको विषयमा शिक्षामन्त्रीले सरकारको ध्यानाकर्षण गराएको विषय प्रतिनिधि सभामा पनि पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा छैन भने अन्त कहाँ सुरक्षा छ भन्ने प्रश्न सरकारलाई गरेका छन् ।
‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस्,’ उनले भने, ‘राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ ।’