काठमाडौं । डाबर नेपालको उत्पादन ‘डाबर च्यवनप्राश’ले जाडो मौसमलाई लक्षित गरी प्रस्तुत गरेको काठमाडौँ उपत्यकाव्यापी कार्यक्रम डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ को समापन गरेको छ । काठमाडौँ उपत्यकाका तीन क्षेत्रहरू काठमाडौँ पूर्व र भक्तपुर, काठमाडौँ पश्चिम, र ललितपुर गरी प्रत्येक क्षेत्रबाट २–२ वटा विद्यालयहरू विजेता घोषित गरिएका छन् ।

काठमाडौँ पूर्व र भक्तपुरबाट ग्यालेक्सी पब्लिक स्कुल र रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौँ पश्चिमबाट नेपाल ए.पि.एफ. स्कुल र होली भिजन स्कुल तथा ललितपुरबाट डि.ए.भि. सुशील केडिया विश्व भारती स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल विजेता घोषित गरिएका छन् ।
विजयी स्कुललाई डाबर नेपाल तथा अस्पताल पार्टनर वयोधा अस्पतालका प्रतिनिधिहरूले उपहार प्रदान गरेका छन् । शरीरको आन्तरिक शक्ति, स्वास्थ्यकबद्र्धक खानेकुरा र विशेष गरी बालबालिकामा जाडो याममा आन्तरिक शक्तिको कमी आउने हुनाले सो विषयमा सूचना तथा ज्ञान दिने हेतुले डाबर च्यवनप्राशले १ महिना लामो कार्यक्रम ३१ वटा विद्यालयहरूमा सञ्चालन गरेको थियो ।
बालबालिकाको उचाई र वजन मापन गरी बडी मास इन्डेक्स, विद्यालयको सरसफाइ तथा खानेकुरा, आदिका आधारमा विजेताहरू घोषणा गरिएका हुन् । त्यसै गरी कार्यक्रम सञ्चालन भएका विद्यालयहरूबाट न्याना प्रयोग गर्न सकिने लुगाहरूको सङ्कलन गरी डाबर च्यवनप्राशले सोही बराबरको नयाँ लुगा थप गरी सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतलाई यस अघि नै न्याना लुगाहरू हस्तान्तरण गरिसकेको छ । सो कपडाहरू देशभरिका कारागारहरूमा रहेका बालबालिकालाई वितरण गरिनेछ ।
डाबर नेपालका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले भने, “डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ कार्यक्रमबाट हामीले १३ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पायौँ । भाग लिने ३१ वटा यी स्कुलहरूको उत्साहकै कारण हामीलाई आउँदा दिनहरूमा काठमाडौँ उपत्यकाबाहिर पनि यो कार्यक्रम लिएर जाने प्रेरणा प्राप्त भएको छ ।”