काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एसएसपी खत्रीलाई आइतबार पक्राउ गरेको हो।
गत पुस २१ गते दुबइ हुदैँ काठमाडौंमा तस्करी भएको साढे ३३ किलो सुनसहित ३ जनालाई सिआइबीले पक्राउ गरेको थियो। नेपालमा सुन भित्र्याउन एसएसपी खत्रीको सहयोग र सम्लग्नता देखिएकाे प्रहरी स्राेतले बतायाे । एसएसपी खत्री सुन तस्करी भएका समयमा विमानस्थलमै कार्यरत थिए।