काठमाडौं । नेपालमा ५५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभरि हैजा संक्रमितको संख्या ५५ पुगेको हो ।
ललितपुरमा मात्र ४१ जनामा हैजा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
ईडीसीडीका अनुसार कैलालीमा ८ जना, काठमाडौंमा ४ जना र प्युठानका २ जनालाई हैजाको संक्रमण पुष्टि भएको छ ।
बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन ईडीसीडीले आग्रह गरेको छ ।