भक्तपुर क्यान्सर अस्पतालमा ‘मोबाइल एप’ सुरु

<p>काठमाडौं । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले सहजै रूपमा अनलाइनबाट अपोइन्टमेन्ट लिएर अस्पतालका सेवाहरू लिन सकिने मिदासले जनाएको छ । यस एपमार्फत स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गरी आफ्नो बीमा प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ । मिदासले [&hellip;]</p>

काठमाडौं । मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

यो एपमार्फत बिरामीहरूले सहजै रूपमा अनलाइनबाट अपोइन्टमेन्ट लिएर अस्पतालका सेवाहरू लिन सकिने मिदासले जनाएको छ ।

यस एपमार्फत स्वास्थ्य बीमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गरी आफ्नो बीमा प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ ।

मिदासले विभिन्न अस्पतालका ओपीडी सेवाका लागि डाइनामिक क्यूआर भुक्तानीको विकास पनि गरेको छ ।

घरबाटै अनलाइन मेडिकल अपोइन्टमेन्ट लिन सकिने व्यवस्था भएकोले अस्पतालसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झटबाट मुक्त बनाएको मिदासले जनाएको छ ।

Share News