टेलिकमले उत्कृष्ट ग्राहक र सेवा बिक्रेता सम्मान गर्यो, को को हुन् सम्मानित ?

<p>काठमाडौं । नेपाल टेलिकमले गत आ. व. २०७२÷७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले गत आ. व. २०७२÷७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ । कम्पनीको तर्फबाट उनीहरुलाई काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गरेका हुन् ।
ntc
सो अवसरमा कम्पनीका रिचार्ज कार्डहरु सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा भी कार्ड कन्सर्न, कन्टिनेन्टल मार्केटिङ प्रा.लि., सक्सेस युनाइटेड प्रा.लि., सनलाइट मल्टिपर्पोज प्रा.लि., त्रियोग स्टेशनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रा.लि. रहेका छन् ।

ब्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्र सिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित भएका छन् । त्यसैगरी संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वर सम्मानित भएका छन् ।

नेपाल टेलिकमले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा माघ २१ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।  काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट प्रारम्भ भई न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर सम्पन्न भएको थियो ।

सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरु प्रसारण गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन्  । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष यस किसिमका कार्यक्रमको आयोजना गर्दै आएको छ । नेपाल टेलिकमले भोलि शनिबार (२०७३ माघ २२ गते) तेह्रौँ वार्षिकोत्सव मनाउँदै छ ।

Share News