काठकाडौं । हेयर एन शान्ति नामक यूनिसेक्स सलुनले आफ्नो पहिलो मल्टिनेशनल शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । माघ २१ गते एक समारोहबीच मिस नेपाल अस्मी श्रेष्ठले उक्त सलुनको उद्घाटन गरेकी छिन् ।

कमलादीको सिद्धार्थ कम्लेक्समा अवस्थित उक्त सलुन र यसका सम्पूर्ण स्टाइलिस्टहरु लोरियल इन्टरनेशनलद्वारा प्रमाणित एवं मान्यता प्राप्त छन् । हेयर एन शान्ति विश्वको अग्रणी यूनिसेक्स सलुन हो जसको पहिलो शाखा दिल्लीमा २००१ मा उद्घाटन गरिएको थियो भने छोटो समयमा सफलता हाँसिल गरि हाल यसले दिल्लीभर १२ वटा शाखाहरु संचालन गर्दै आइरहेको छ ।