विकास समितिको बैठक भत्ता पचाउन लक्षित, सडकमा पानी हालेर धुलो नियन्त्रण गर्न निर्देशन

<p>व्यवस्थापिका संसद् अन्तरगतका समितिहरु मध्ये विकास समिति सक्रिय समिति हो । यो समितिको बैठक शुक्रबार पनि बस्यो, २ घण्टा १५ मिनेट । तर कहिले कही संसदीय समितिका बैंठकका निर्णयहरु हेर्दा सहजै अनुमान गर्न सकिन्छ ‘उनीहरु केबल भत्ता खानको लागि बैठक बस्छन् । उनीहरुको निर्णय हेर्दा प्रश्न उठ्छ–सासदहरुले संसदमा वहस गरेर गरेका गतिला निर्णय हुन् कि [&hellip;]</p>

व्यवस्थापिका संसद् अन्तरगतका समितिहरु मध्ये विकास समिति सक्रिय समिति हो । यो समितिको बैठक शुक्रबार पनि बस्यो, २ घण्टा १५ मिनेट । तर कहिले कही संसदीय समितिका बैंठकका निर्णयहरु हेर्दा सहजै अनुमान गर्न सकिन्छ ‘उनीहरु केबल भत्ता खानको लागि बैठक बस्छन् । उनीहरुको निर्णय हेर्दा प्रश्न उठ्छ–सासदहरुले संसदमा वहस गरेर गरेका गतिला निर्णय हुन् कि चिया गफका तर्क वितर्क हुन् ?

rabindra-adhikaariशुक्रबार बसेको विकास समितिको बैठकले राजधानीको सडकमा लामो समयदेखि कुहिरो झै उडिरहेको धुलो नियन्त्रण गर्न पानी हाल्न निर्देशन दियो । त्यो पनि एउटा निकायलाई होइन, मेलम्ची खानेपानी  आयोजना–२, काठमाडौं महानगरपलिका,  ललितपुर उपमहानगरपलिका, सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ।

समितिको निर्णयको एउटा वाक्यमा भनिएको छ–‘काठमाडौँ उपत्यकामा पानी वितरणका लागि ६७० कि.मि. पाइपलाइन विस्तार गर्नु पर्ने तथा हाल भइरहेको वितरण सञ्जाल समेत सुधार गर्नु पर्ने कार्य लक्ष्य अनुरुप तीव्र गतिमा भईरहेको पाइन्छ ।’ दोस्रो वाक्यमा भनिएको छ–‘यद्यपी पाइपलाइन विस्तारको क्रममा खनिएका सडक खण्डहरुको पुनर्निर्मण÷मर्मत संम्भार सम्बन्धी कार्यले गति लिन नसकेको कारण काठमाडौँ उपत्यका अत्याधिक प्रदुषित भएको छ ।’ अत्यान्तै विरोधाभाषा कुरा गरिएको छ ।

रोचक पक्ष के छ समितिले सडकको धूलो कम गर्न र प्रदूषण रोक्न नियामित सडकमा पानी छर्कने व्यवस्था मिलाउने निर्देशन दिनु हो । ‘आगामी दिनहरुमा जमिनको सतह नविगारी भूमिगत रुपमा नै खोदान गर्ने प्रविधि भित्राई प्रयोग गर्नु÷गराउनु, अहिलेको प्रदुषण कम गर्न नियमित पानी छर्कने व्यवस्था मिलाउनु, उपलब्ध ब्रुमर मेसिनको नियमित प्रयोग गर्न, गराउन समिति मेलम्ची खानेपानी आयोजना–२ लाई निर्देश गर्दछ’–बैठकपछि समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसै गरी काठमाडौँको सरसफाईको लागि आवश्यक पर्ने ब्रुमर मेसिनहरु छिटो भन्दाछिटो खरिद गरी प्रयोगमाल्याउन समिति काठमाडौँ महानगरपालिकालाई निर्देशन दिएको छ ।

के यस्तो काम गर्न संसदीय समितिको निर्देशन आवश्यक छ ? काठमाडौं महानगर पालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ भन्छन्–‘सरसफाइ र मर्मत महानगरको कार्य नियमित हो । सडक विस्तार र खानेपानी पाईप विस्तारको क्रममा बढी समस्या देखिएकोले समितिले जनताको पक्षमा बोल्नु र हामीलाई उचित निर्देशन दिनु स्वभाविक हो ।’

खनिएका सडक पुर्नस्थापना/मर्मत सम्भार कार्य जटिल बन्न गएकोले बिच्छ्याइएका पाइपको तत्काल परीक्षण गरी पुनर्निर्माण तथा मर्मत सम्भारका लागि १५ दिनभित्र सडक विभाग एवं सम्बन्धित निकायलाई हस्तान्तरण गरिसक्न समिति मेलम्ची खानेपानी आयोजना –२ लाई निर्देशन दिएको छ ।साथै हस्तान्तरण भई आएका सडक खण्डहरुको पुनर्निमाणको कार्य हस्तान्तरण भएको मितिले ४५दिन भित्र निर्माण सम्पन्न गरिसक्न समितिले भौतक पूर्वाधार तथा यातायातमन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, काठमाडौँ उपत्यकाविकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, मेलम्चीखानेपानीआयोजना–२ एवं सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

Share News