काठमाडौं । सामसङको नेपालको लागि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले अत्याधुनिक र सुविधा सम्पन्न सामसङ डिजिटल प्लाजा (महेन्द्र रत्न स्टोर) बिर्तामोड, झापामा शुरुवात गरेको छ । समसङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसङका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा सामसङ डिजिटल प्लाजा खोलेको कम्पनीले जनाएको छ ।

बिहीबार ९५ वर्षीय समाजसेवी पर्शूराम ढकालल उक्त शोरुमको उद्घाटन गरेका छन् ।
यो सामसङ डिजिटल प्लाजाले सामसङका विश्वस्तरिय उत्पादनहरु एलइडी टिभी, मोबाइल, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, वासिङ मेसिन र माइक्रोवेभ वोभेन लगाएतका सामसङ्गका सामानहरु बिक्री गर्ने छ । काठमाडौं उपत्यका भित्र ८ वटा र बाहिर ५ वटा गररे हालसम्म १३ बटा सामसङ प्लाजा खुुलिसकेको कम्पनीले जनाएको छ ।