गंगालाललाई विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने

<p>काठमाडौं । काठमाडाैं बाँसबारीमा रहेकाे शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा मुटु सल्य चिकित्सकको चरम अभाव हुन सक्ने भन्दै यस्तो बताएका हुन् । विद्यमान पाठ्यक्रममा नयाँ कुनै पनि चिकित्सक अध्ययन गर्न इच्छुक नभएको अवस्थालाई मध्येनजर गर्दै सरकारले [&hellip;]</p>

काठमाडौं । काठमाडाैं बाँसबारीमा रहेकाे शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई विशेषज्ञ चिकित्सक उत्पादन गर्ने केन्द्रका रूपमा विकास गरिने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा मुटु सल्य चिकित्सकको चरम अभाव हुन सक्ने भन्दै यस्तो बताएका हुन् ।

विद्यमान पाठ्यक्रममा नयाँ कुनै पनि चिकित्सक अध्ययन गर्न इच्छुक नभएको अवस्थालाई मध्येनजर गर्दै सरकारले अब गंगालाल अस्पताललाई चिकित्सक उत्पादन गर्ने थलो बनाउने उनले बताए ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एमडीएमएसको पढाइ सञ्चालन गरेर मुटु चिकित्सकहरू उत्पादन गर्ने व्यवस्था गरिने उनले बताए ।  अहिले यो काम अघि बढाइएन भने भने अबको ६/७ वर्षमा मुट सम्बन्धी विशिष्टकृत उपचार गर्ने अस्पतालमा जनशक्तिको अभाव हुने उनले बताए ।

यो समस्यालाई समाधान गर्ने गरी काम गर्न जरुरी रहेको पौडेलकाे भनाइ छ ।

Share News