दैनिक २० किलो सुन आपूर्ति सम्बन्धि निर्णय कार्यान्वयनमा आएन, विवाहको सिजनमा बजारमा सुनको हाहाकार

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको सुनको कोटा बढाउने निर्णय गरेपनि बजारमा सुनको अभाव हटेको छैन । राष्ट्र बैंकले सुन बढाउने मौखिक प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा नल्याएकोले सुनको अभाव कायम रहेको सुन व्यवसायी बताउछन् । &#8216;उहाँहरुले सुनको कोटा बढाउछु भनेर मुखले मात्र भन्नु भएको हो । हामीले कुनै लिखित प्रतिबद्धता पाएका छैनौ&#8217;, नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको सुनको कोटा बढाउने निर्णय गरेपनि बजारमा सुनको अभाव हटेको छैन । राष्ट्र बैंकले सुन बढाउने मौखिक प्रतिबद्धता जनाएपनि कार्यान्वयनमा नल्याएकोले सुनको अभाव कायम रहेको सुन व्यवसायी बताउछन् ।

goldउहाँहरुले सुनको कोटा बढाउछु भनेर मुखले मात्र भन्नु भएको हो । हामीले कुनै लिखित प्रतिबद्धता पाएका छैनौ’, नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले विकासन्युजसँग भने, ‘उहाँहरु एकरदुई दिनमा बढाइदिन्छौं भन्नुहुन्छ । यो निर्णय कार्यन्यवन हुँदासम्म हाम्रो सिजन अफ हुने आशंका छ ।’

नेपाल राष्ट्र बैंकले भने सुनको कोटा बढाउने निर्णय छिटै कार्यान्यवन गर्ने बताएको छ । दुईर तीन दिनमा सुनको कोटा बढाउने बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनले भने, ‘हामीले आइतबार सुनको आपूर्ति कोटा पाँच किलो बढाउने निर्णय गरेका थियौं । अब दुईर तीन दिनमा सुनको दैनिक २० किलो सुन आपूर्ति हुन्छ ।’

यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई दैनिक १५ किलो सुन आयात गर्ने मात्र अनुमति दिएको थियो । विवाहको सिजनमा सुनको माग अत्याधिक बढेर कालोबजारी बढेपछि नेपाल राष्ट्र बैंकले नियमित कोटामध्ये पाँच किलो बृद्धि गरेको हो । महासंघको तथ्यांक अनुसार मुलुकभर २३ हजार वटा सुन पसलहरू छन् । दैनिक १५ किलो सुनले बजारको माग पुरा गर्न नसकेको उनले बताए ।

यो वर्ष माघ र फागुनमा बिहेको लगन बढिभएकाले सुनको माग अत्याधिक भएको शाक्यले बताए । सुनको माग ४५ किलो भन्दा बढी नाघेको उनले जानकारी दिए । उनका अनुसार सुनको माग अनुसार आपूर्ति नहुँदा कालोबजारीले प्रशय पाएको छ । उनले भने,-बिहेमा सुन अत्यवाश्यक हुँदा गरगहनाका लागि उपभोक्ता पर्खेर बस्ने अवस्था हुँदैन । दुई तीन हजार रुपैयाँ बढि तिरेर पनि व्यवसायीले काम चलाएको अवस्था छ ।

अत्याधिक मागमा सुनको सहज आपूर्ति नभएपछि केहि सुनपसलहरु बन्द भएका छन् । शाक्यका अनुसार रुपन्देही र घोराहीमा सुन पसलहरु ठप्प छन् । उनले भने, ‘यस्तो अभावमा पनि सुनको आपूर्ति नभएपछि व्यवसायी पसल बन्द गर्न बाध्य छन् ।’

तस्करी नियन्त्रणको प्रभाव

गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैधरुपमा विहारिएको ३३ किलो सुन पक्राउ परेको थियो । तस्करीको सुन नियन्त्रणमा पर्न थालेपछि बजारमा सुनको अभाव देखापरेको छ ।

सिजनमा दैनिक ४५ किलो भन्दा बढी माग रहेको सुन बजार औपचारिक च्यानलबाट मात्र धान्न मुश्किल रहेको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । ‘सुनको आपूर्ति निकै अपुग छ । अभाव बढेपछि अपराध बढ्नु स्वाभाविक हो ।’ ,उनले भने, ‘जहासम्म सरकारले तस्करी नियन्त्रण गरिरहेको छ । तस्करी नियन्त्रणसँगै सहज आपूर्ति पनि गर्नु जरुरी छ ।’

काँचो सुनमा प्रतिबन्ध

सरकारले तस्करी नियन्त्रणका लागि साउन १ गतेदेखि विदेशबाट ५० ग्राम सुन ल्याउन काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको थियो । यसले गर्दापनि सुनको अभाव बढेको शाक्यले बताए । उनले भने, ‘पहिला विदेशबाट फर्कनेहरुले ल्याउने गरेका सुनका कारण पनि केहि माग धानेको थियो । तर काचो सुन ल्याउन प्रतिबन्ध लगाएपछि सुनको अभाव बढेको हो ।’

Share News