मुक्तिनाथ विकास बैंकको सञ्चाकलमा आचार्य

<p>काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो । उनलाई साउन १६ गतेदेखिनै लागु हुने गरी ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव डण्डपानी ढकालले जानकारी दिए । करिब २० [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् ।

साउन १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आचार्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निणर्य गरेको हो ।

उनलाई साउन १६ गतेदेखिनै लागु हुने गरी ४ वर्षको कार्यकाल रहने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव डण्डपानी ढकालले जानकारी दिए ।

करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । नेपालमा उनी एक बैंकिङ विज्ञको रुपमा परिचित छन् ।

साथै, विभिन्न निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट बिजनेश एडमीनटेसन विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।

Share News