
काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा र्यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्यापिडको पफर्मेन्स अझ धेरै सुधारिएको कम्पनीको भनाइ छ। नेपालमा स्कोडा र्यापिड १६०० सीसी पेट्रोल र १५०० सीसी डिजेल इन्जिनमा उपलब्ध हुनेछ।

६ वटा रङ (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड) मा उपलब्ध हुने नयाँ स्कोडा र्यापिड तीन संस्करणः एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध हुनेछन्।
कम्पनीका अनुसार नयाँ स्कोडामा शार्म एंगल र कर्भहरु छन् जसले यसलाई आकर्षक सेडान बनाएको छ।

बाह्य डिजाइन आधुनिक भएको यसमा सिग्नेचर ग्रिल र क्वार्ज-कट ह्यालोजिन प्रोजेक्टर हेडलाइट छ। त्यस्तै सुरक्षाको दृष्टिले अपरिहार्य डे रनिंग एलइडी लाइटका साथै सी आकारको टेललाइट, डोर ह्यान्डलमा लगाइएको डेक लिड र क्रोमले कारलाई प्रिमियम लुक्स दिएको छ।
ड्युअल–टोन इबोनी–स्यान्ड कन्ट्रास्टले नयाँ स्कोडा र्यापिडको भित्री डिजाइन पनि उत्तिकै आकर्षक बनाएको कम्पनीको दाबी छ। प्रिमियम लेदरका सिटहरु भएको यो कारमा एडजस्टेबल मल्टिफंक्सन स्टेरिङ, इलेक्ट्रिल्ली फोल्डेबल र साइड टर्न इन्डिकेटरसहितको एड्जस्टेबल मिरर,‘ड्राइभ’-६.५ इन्टको कलर टचस्क्रिन सेन्ट्रल इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचर छन्। साथै, कारमा रहेको मिररलिंक प्रविधिले गर्दा आफ्नो स्मार्टफोनलाई विना कुनै अवरोध कारसँग कनेक्ट गराउन सकिने कम्पनीले जानकारी दिएको छ। युएसबी वा अक्स-इन वा ब्लुटुथ वा एसडी कार्डमार्फत पनि कारसँग स्मार्टफोन कनेक्ट गर्न सकिनेछ।

र्यापिडमा एड्जस्टेबल ड्युअल रियर एसी भेन्टसहितको क्लाइमेट्रोनिक प्रविधि छ। साथै रेन सेन्सिङ वाइपर सिस्टम, बिल्ट–इन क्रुज कन्ट्रोल, एडजस्टेबल हेडरेस्ट, फोल्डेबल आर्मरेस्ट, ग्लोब बक्स र पर्याप्त लेग रुमले नयाँ स्कोडा र्यापिड ‘क्लास–लिडर’ बनाएको कम्पनीले जनाएको छ । नयाँ स्कोडा र्यापिड डिजेल इन्जिनले २१ किमी र पेट्रोलले १५ किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। ४६० लिटरको बुट भएको यसको डोरमा बोतल होल्डर, सेन्टर आर्मरेस्टमा स्टोरेज कम्पार्टमेन्ट र कप होल्डरहरु छन्।
ड्युअल एयरब्याग,एबीएस, क्वार्ज–कट हेडलाइट, लिड डे रनिङ लाइट इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र हिल होल्ड कन्ट्रोल, पार्कटोनिक रियर पार्किङ सेन्सर, अटोमेटिकल्ली डिमिङ रियर भ्यु मिरर र कारको झ्यालमा वान टच एन्टि पिन्च प्रविधि नयाँ स्कोडा कारका सुरक्षा विशेषताहरु हुन् ।